यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने

काठमाडाैं | माघ ८, २०७९

यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने

काठमाडौं:  कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १० सम्म पढ्न पाइन्छ । कक्षा १० पास गरेर ११ मा पढ्दा पुनः रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ ।


जबकि कक्षा ९–१२ लाई माध्यमिक तह मानिएको छ । तर, एउटै तह पास गर्नको लागि दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । यो वर्षदेखि भने त्यो बाध्यता अन्य हुने भएको छ । 


यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्नेछ । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १२ सम्मको लागि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो । 


बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीहरूले कक्षा ११ मा पुनः भर्नु नपर्ने बताए । ‘माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिस्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी यो वर्षदेखि लागू गर्दैछौं । त्यसका लागि तयारी थालेका छौं,’ उनले भने । 


माध्यमिक तहमा पटक पटक फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्दै यो वर्षदेखि एक पटक मात्र फाराम भने हुने बनाउन लागिएको उनको भनाई छ । जसले गर्दा यो वर्ष कक्षा ९ मा अहिलेसम्म रजिस्ट्रेसन फाराम खुलेको छैन । 


‘हामी केही व्यवस्थापन गर्दैछौं । सबैलाई सहज हुने खालको व्यवस्था गर्न लागेकाले कक्षा ९ मा रजिस्ट्रेसन फाराम खुल्न ढिलाइ भएको हो । अब छिट्टै खुल्छ,’ उनले भने । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्